काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक पुनः स्थगित भएको छ ।
यसअघिको बैठकमा १६ जनाले धारणा राखेका थिए ।
संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा भूकम्प प्रभावित क्षेत्रका नेता र सभासद्हरुले भुकम्पपछिको उद्धार, राहत र पुर्नस्थापनाबारे धारणा राखेका थिए ।
उनीहरुले सरकारले पीडिलाई पाल, जस्तापाता लगायतका सामग्री पुर्याउन नसकेको भन्दै आक्रोश पोखेका थिए ।