Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- दोलखामा मंगलबार गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । मंगलबारको भूकम्पबाट करिब १ सय ३१ जना घाइते रहेको नेपाली सेनाले जनाएको छ ।

यस्तै, भूकम्पबाट उत्तरी दोलखाको आराङ गाविसमा राहत लिन गएका करिब ४० जना बेपत्ता रहेको नेपाली सेना वर्जबहादुर गणका मेजर राजन दाहालले जानकारी दिए ।

उता, गोरखामा पनि मंगलबारको भूकम्पबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

यता, रामेछापमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । भूकम्पबाट घाइते भएका ५० मध्ये १३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

ओखलढुंगामा भूकम्पपछि बस्तीमाथिबाट खसेको पहिरोले हर्कपुर र प्राप्चाका कम्तिमा ७० घर परिवार विस्थापित भएका छन् । प्राप्चा गाविसको केउरेनीका ४५ र हर्कपुरको केराबारीका २५ घर परिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।

ओखलढुंगामा माम्खाको भडारे, मूलखर्ककको ढाँडखोला, बरुणेश्वर, रावादोलुका बस्तीहरु पनि पहिरोको उच्च जोखिममा छन् ।

तपाईको प्रतिक्रिया