Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाण्डाै-हिजो वैशाख २९ मा गएको दोस्रो ठूलो शक्तिशाली भूकम्प पश्चात संविधान सभाका सभासद्हरूले पनि त्रिपाल माग गरेका छन् । सभासदहरू संसद सचिवालयमा हस्ताक्षर गर्दै त्रिपाल बुझ्दै गर्न थालेका छन् । संविधान सभाका ६०१ जना सभासद्लाई नै त्रिपाल उपलब्ध गराउने संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयका प्रवक्ताका अनुसार शहरी विकास मन्त्रालयद्वारा उपलब्ध गराईएको त्रिपाल सभासदहरूलाई बाँड्न थालिएको हो । यसैबीच राप्रपा नेपालले भने सभासद्हरूलाई वितरण गर्दै अाएको त्रिपाल आफ्ना सभासदहरूले नलिने घोषणा गरेको छ ।

त्यसैगरी नेकपा एमाअोवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री वावुराम भट्टराईले पनि यस कार्यको विरोध जनाएका छन् । उनले सरकारले सभासदहरूलाई छुट्टै त्रिपाल बाँडन अावश्यक नरहेको र बाँडिसकेकाले एमाअोवादी सभासदहरूले प्राप्त गरेका सबै त्रिपाल दोलखाका पीडितहरूका लागि पठाइसकिएको जानकारी आफ्नो टुइटरमार्फत दिएका छन् । त्यसो त केही सभासदहरूबाटै यो प्रक्रियाको चर्को विरोध अाउन थालेपिछ हस्ताक्षर गरेर त्रिपाल लिइसकेका सभासदहरूले पनि त्रिपाल फर्काउन थालेको समाचार छ ।***

तपाईको प्रतिक्रिया