Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच भूकम्पपीडितलाई सहजरुपमा राहत वितरण गर्ने विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा भूकम्पप्रभावित विभिन्न जिल्लामा सहजरुपमा राहत वितरण हुन नसकेको र दुर्गमका जनताले अझै पनि सहजरुपमा राहत पाउन नसकेको भन्ने गुनासो आएपछि त्यसलाई व्यवस्थित बनाउने विषयमा कुराकानी भएको हो ।

प्रधानमन्त्री कोइराला र प्रमुख प्रतिपक्षी दलका नेताका बीचमा सहजरुपमा राहत वितरण तथा मनसुनअगावै भूकम्प प्रभावितलाई जस्तापाता प्रदान गरेर अस्थायी बसोबासको व्यवस्था गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । स्वदेश तथा विदेशबाट उल्लेख्य मात्रामा त्रिपाललगायतका राहत सामग्री प्राप्त भए पनि पीडितले नपाएको भन्ने गुनासो आएपछि त्यसलाई सहज र सरल रुपमा प्रदान गर्ने वातावरण बनाउन अध्यक्ष दाहालले प्रधानमन्त्री कोइरालालाई आग्रह गर्नुभएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।

सो अवसरमा सहजरुपमा राहत वितरण गर्ने, घाइतेको उपचारमा विशेष ध्यान दिने र मनसुन अगावै अस्थायी बसोबासका लागि सबैखालको सहयोग उपलब्ध गराउने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया