Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं-कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) को छैठौं पटकको भाषा परीक्षा भूकम्पको कारण असोजको पहिलो साता सञ्चालन हुने भएको छ । यही जेठ ३० र ३१ गते हुने भनिएको परीक्षा भूकम्पका कारण असोजमा सारिएको हो । असोजको पहिलो साता हुने भनिए पनि परीक्षाको मिति अझैसम्म भने तोकिएको छैन । यसअघि परीक्षाको लागि बैशाख ३ देखि ६ गतेसम्म आवेदन खुला गरिएको थियो । त्यसो त  वर्षायाममा परीक्षा गर्दा विद्यार्थीलाई कठिनाई पर्न सक्ने भएकाले परीक्षाको मिति सारिएको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । परीक्षाका लागि काठमाडौको ५ संकलन क्षेत्र र उपत्यका बाहिरका ५ संकलन क्षेत्र गरी १० वटा क्षेत्रबाट जम्मा ५१ हजार ३ सय जनाले आवेदन फारम भरेका थिए ।***

तपाईको प्रतिक्रिया