Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित बनेको शैक्षित संघसंस्था मंगलबार आएको अर्को ठुलो धक्काका कारण खुल्नेनखेल्नेमा अन्यौलता थपिएको छ । यसैविच शिक्षा मन्त्रालयले भूकम्पबाट अति प्रभावित जिल्लामा आगामी जेठ १५ गतेसम्म पठनपाठन बन्द गर्ने घोषणा गरेको छ ।

यसअघि जेठ १ गतेदेखि पहिले विद्यार्थीलाई मनोपरामर्श दिई विद्यालय खोल्ने तयारी भइरहेका बेला मंगलबारको भूकम्पको धक्कापछि मन्त्रालयले विदाको अवधि थपेको हो । मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालका अनुसार अति प्रभावित १४ जिल्लामा १५ गतेसम्म पढाइ बन्द गराउने र अन्य जिल्लामा क्षतिको विवरण हेरी जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णयका आधारमा जिल्ला शिक्षा कार्यालयले निर्णय गर्नेछ ।

नयाँ शैक्षिक सत्र हरेक वैशाख पहिलो हप्तादेखि सुरु हुने प्रचलन भएपनि भूकम्पका कारण पठनपाठन सुरु हुन सकिरहेको छैन् । भूकम्पबाट प्रभावित जिल्लामा अधिकांश विद्यालय भवनमा क्षति पुगेको र बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार भइनसकेको भनी गुनासो आएको थियो ।

काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रका निजी विद्यालयले आगामी जेठ १ गतेदेखि कक्षा सञ्चालनमा ल्याउन कतिपय चर्किएका भवनमा पनि कृत्रिम टालटुल र रंगरोगन गर्दै थिए । त्यसबाट अभिभावकहरु विद्यार्थीको सुरक्षा नहुने ठानी चिन्तित थिए । रासस***

तपाईको प्रतिक्रिया