Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– देउखुरी उपत्यकाको सतवरिया- २ वनघुस्रीकी एक महिलालाई गाउँकै महिलाले मोसो दली सामाजिक बहिष्कार गरेका छन्।

६ जना महिलालाई प्रहरीले पहिचान गरी चारजनालाई पक्राउ गरेको छ। सतवरिया- २ वनघुस्रीकी सीतारामी चौधरी, पानमति चौधरी, हिरामती चौधरी र जानकी चौधरीलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मणबहादुर शाहीले बताए।

घटनामा संलग्न मुख्य ६ जनामध्ये २ जना महिला फरार छन्। बाँकी २ जना महिलालाई पनि नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी भइरहेको प्रमुख शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया