Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसका केन्द्रीय सदस्य तथा सभासदहरुले कर्मचारीतन्त्रबाट भूकम्पपीडिलाई प्रभावकारी रुपमा राहत वितरण हुन नसकेको धारणा राखेका छन् ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा बोल्दै उनीहरुले हरेक निर्वाचन क्षेत्रमा सभासदहरु सम्मिलित अनुगमन समिति गठन गरे राहत वितरणको कार्य प्रभावकारी हुने विचार राखेका छन् । जनताको प्रतिनिधिका रुपमा रहेका सभासदहरुलाई राहत वितरणमा भूमिका नदिएकोमा उनीहरुले आक्रोश पोखेका छन्

बैठकपछि उपसभापति रामचन्द्र पौडेलले क्षेत्रीय तहमा अनुगमन तथा राहत वितरणको अवस्था बुझ्न र पुर्ननिमार्णको काममा सहयोग पुर्‍याउन सभासद रहने गरी समिति बनाउन माग आएको बताए ।

सभासद्हरुले प्रभावकारी काम गर्न नसकेको भन्दै सरकार र पार्टी नेतृत्वको आलोचना गरेको सभासद रामहरि खतिवडाले जानकारी दिए । सभासदहरुले बोल्ने क्रम नसकिएपछि बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया