Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६ पुगेको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट १७ हजार ८६६ घाइते भएका छन् ।

सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा तीन हजार १०७ को मृत्यु भएको छ भने काठमाडौँमा एक हजार २२२ को मृत्यु भएको छ ।

भूकम्पका कारण १० हजार ८०३ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् । आंशिक रूपमा १५ हजार ३४ घर तथा भवन क्षति भएका छन् ।

सर्वसाधारणका दुई लाख ९६ हजार ९०३ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ७७ हजार ५० घर क्षति भएका छन् । भूकम्पमा परेकाहरुको उद्धार तथा राहतको कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया