Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

प्रधानमन्त्रीले पनि कमजोरी स्वीकारे
काठमाडौं– भूकम्पपीडितको राहतलाई लिएर कांग्रेसबाटै सरकारको आलोचना भएको छ ।

भुकम्पपीडितको उद्धार र राहतको काममा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै कांग्रेस संसदीय दलमै सरकारको आलोचना भएको हो । पार्टीसँगको समन्वयमा समेत राम्रो नभएको गुनसो गर्दै सभासद्हरुले अब हुने पुननिर्माण काममा विषेश ख्याल गर्न प्रधानमन्त्री एवं सभापति सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा प्रधानमन्त्री कोइरालाले सरकारको तर्फबाट व्यवस्थापनमा कमिकमजोरी रहेको स्वीकार्दै यसलाई ठूलो बिषय नबनाइकन अब पुनिनर्माणमा सहयोग गर्न आग्रह गरे । उनले पीडितहरुलाई राहत पुर्‍याउने र पुननिर्माण गर्ने काममा सरकार संवेदनशील भएर लागिरहेको बताए ।

तपाईको प्रतिक्रिया