Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– वैशाख १२ गते नेपालमा गएको ७.६ रेक्टर स्केलको महाभूकम्प पीडितहरुको उद्दार, राहत र पुनस्र्थापनाका लागि अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पीस फेडेसन र विश्व शान्ति तथा एकीकृत परिवार संघ का सह संस्थापक डा. हाक जा हान मुनले दश करोड रुपैयाँ (१ मिलियन डलर) सहयोग गर्नुभएको छ । उक्त भूकम्पका कारण अहिले सम्म ८ हजार भन्दा बढी व्यक्तिहरुको मृत्यु भइसकेको छ भने १६ हजार भन्दा बढी घाइते भएका छन् र असी लाख भन्दा बढी जनता प्रभावित भएका छन् ।

सहयोग रकममध्ये रु. पाँच करोड प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरिसकिएको छ भने अन्य रकम नेपाल सरकारसँग समन्वय गरी विभिन्न संघ संस्थाहरु मर्फत पीडितहरुको राहत र पूनस्र्थापनाका लागि खर्च गरिने युनिभर्सल पीस फेडेरेसन नेपालका अध्यक्ष एवं सभासद् एकनाथ ढकालले जानकारी दिनुभयो ।

मदर मुनले भूकम्प पीडितका परिवारहरु प्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्यलाभको कामना र प्रार्थना गर्नुभएको छ । उहाँले नेपालले यो क्षतिको छिटै पुनर्लाभ पाउने र राष्ट्र निर्माण हुने गहिरो आशा र विश्वास लिनुभएको छ ।

एसियाका लागि मदर मुनका विशेष दूत डा. चोङ्ग सिक योङ्ग र युनिभर्सल पीस फेडेरेसन नेपालका अध्यक्ष एवं सभासद् ढकालले पाँच लाख डलर (रु. पाँच कारोड) को चेक सम्माननीय प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया