Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- बेलायतमा बस्ने गैरआवासीय नेपालीको ब्यवसायिक समूह कँडेल ग्रुपले भूकम्प पीडितका लागि ६१ लाख बराबरको राहात प्याकेजको घोषणा गरेको छ । ग्रुपका निर्देशक राजन कँडेलकाअनुसार उक्त रकम भूकम्प पीडितको औषधी, खाधान्न र भूकम्पका कारण क्षतिग्रस्त विद्यालयमा खर्चिनेछ । राहत प्याकेजबाट ग्रुपले ५ लाख रकम सिधैं एनआरएनएको राहत कोषमा दिनेछ ।

यसबाहेक थप राहत प्याकेजको ब्यवस्थापन गर्न निर्देशक कँडेल काठमाडौं आइपुगेका छन् । उनले काठमाडौं काठमाडौं र नुवाकोटका भूकम्पबाट ग्रसित क्षेत्रको अवलोकनका साथै राहत वितरण समेत सहभागिता समेत जनाएका छन् ।

कँडेल ग्रुपको स्वामित्वमा रहेको काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजको राहत टोलीले झण्डै १० लाख बराबरको राहात सामाग्री जुटाएर काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोकलगायतका ठाउँमा वितरण गरिरहेको छ ।

कलेजले भूकम्पबाट अति प्रभावित नुवाकोटको सामरी गाविसमा राहत वितरण गरेको छ । भुकम्प गएको १३ दिन बितिसक्दा समेत कुनै पनि राहत नपाएका सामरीका २ र ३ नम्बर वडाका पिडितमाझ एक मेडिकल टोलीसहित ब्रिटिस कलेजको टोली उक्त स्थानमा पुगेर राहत वितरण गरेको हो । कलेजले पीडितहरुलाई ८७ बोरा चामल, ५० थान त्रिपालसहित विभिन्न लत्ताकपडा पनि वितरण गर्‍यो ।

कलेजका स्टाफ, ग्रुपका अन्य दुई कम्पनी इवक्र्स युके र नेपालीपत्रका स्टाफहरु रु. १ लाख रकम भूकम्प पीडितका लागि उठाएर सहयोग गरेका छन् । यसबाहेक कलेज रहेको विद्यार्थी समूह हातेमालो पनि झण्डै रु. ४० हजार राहत उठाएर पीडितहरुलाई बाडेको छ ।

यसैगरी, बेलायतस्थित निम ट्री फार्मेसीले पनि विभिन्न चरणमा औषधीहरु पठाइसकेको छ । फार्मेसीले लण्डनमा नेपालको भूकम्प पीडितका लागि औषधी जुटाउने अभियान समेत गरेको थियो । उक्त अभियानबाट उठेको र फार्मेसीको तर्फबाट समेत गरी झण्डैं ६० हजार थान औषधि तथा स्वास्थ्य सामाग्री पठाएको छ ।निम ट्री फार्मेसीबाट पठाइएका विभिन्न औषधि, भिटामिन र बच्चाको दुधलगायतका सामाग्री पनि सामरीलगायतका भूकम्पले प्रभावित क्षेत्रमा स्थानीयलाई बाडिएको थियो ।

३ जना डाक्टर र दुई जना नर्ससहितको मेडिकल टोली लिएर सामरी पुगेको ग्रुपको स्वास्थ्य टोलीले त्यहाँका भूकम्प पिडितमाझ पहिलोपटक बिहिबार हेल्थ क्याम्प समेत चलाएको थियो । त्यसक्रममा भूकम्पबाट घाइते भएका तथा अन्य गरी झण्डै तीन दर्जन स्थानीयको उपचार गर्नका साथै आवश्यक औषधि वितरण गरिएको सामरी पुगेका निर्देशक कँडेलले बताए ।

भूकम्प पीडितको लागि ६१ लाखको राहत बजेट बनाएको कँडेल ग्रुपले यसअघि काठमाडौं र सिन्धुपाल्चोक जिल्लाको सिमानामा पर्ने नाग्लेभारेमा पनि खाद्यान्न, त्रिपाल, लतकपडालगायतका राहत समाग्री बाँडिसकेको छ । निर्देशक कँडेलका अनुसार अब सिन्धुपाल्चोकका थप प्रभावित गाउँहरु पुग्ने योजना छ । विशेष गरी शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउने कँडेल ग्रुपले मुख्यतः भूकम्पबाट भत्किएका विद्यालयहरूको सहयोगमा केन्द्रित गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया