Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- रियल मड्रिडका सुपरस्टार क्रिटियानो रोनाल्डोले नेपालका भूकम्प पीडितलाई ७ मिलयन यूरो अर्थात झण्डै ८० करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।

फ्रेन्च स्पोर्टस म्यागजिन ‘सो फुट’का अनुसार फिफा बालोन डि’ओरका विजेता रोनाल्डोले सेभ द चिल्डे्रनमार्फत भूकम्प प्रभावित नेपालका बालबालिकालाई सहयोग गर्ने भएका हुन् ।

मिडियाका रिपोर्टलाई आधार मान्ने हो भने ३० वर्षे रोनाल्डोले व्यक्तिगत रुपमा भुकम्प पीडित नेपालीलाई सबभन्दा ठूलो रकम उपलब्ध गराएका छन् ।

गोरखाको वारपाकलाई केन्द्रविन्दू बनाएर १२ वैशाखमा ७.६ रेक्टरको भुकम्प गएको तीन दिनभित्रै रोनाल्डोले भुकम्पबाट प्रभावित बालबालिकालाई सेभ द चिल्ड्रेनमार्फत् राहत दिनको लागि ट्विटर फेसबुकमार्फत् अपिल गरेका थिए ।

तपाईको प्रतिक्रिया