Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- फ्रान्सका पिटर ओनात्जीको यो तेस्रो नेपाल भ्रमण हो । उनीसँगै चार जनाको समूहमा आएको पर्यटक टोलीमा दुई जना पहिलो पटक नेपाल पाइला टेक्ने नागरिक छन् ।

यही वैशाख १२ गतेको विनाशकारी भूकम्प आउँदा उनीहरू सगरमाथाको आधारशिविर नाम्चे बजार आसपासमा थिए । करिव आठ हजार मानिसको ज्यान लिएको र लाखौं घर तथा संरचना सखाप बनाएको यस भूकम्प आउँदा उनीहरूलाई पनि डर लाग्नु स्वभाविक थियो । ठूलो भूकम्प र त्यसपछिका साना साना लगातारका पराकम्पन र भूकम्पले उनीहरूको यस पटकको नेपाल बसाइ सुखद् बनाएन तर उनीहरू तत्काल आफ्नो मुलुक फर्केनन् ।

भ्रमणको व्यवस्थापन गर्ने यात्री ट्राभल्सले केही दिन नाम्चेमै रहन भनेपछि उनीहरू एक हप्ता त्यहीँ बसे । केहीदिन अघि काठमाडौं आएका उनीहरू अहिले ठमेलस्थित सनराइज कटेजमा बस्छन् ।

फ्रान्सेली सो समूह आज पर्यटकीय स्थल भक्तपुर दरबार स्क्वायरमा घुमिरहेको थियो । यसअघि पनि सो स्थलमा अवलोकन गरेर यहाँको कला र ऐतिहासिकताको अध्ययन गरेका अवकाशप्राप्त शिक्षक पिटरलाई पहिले र अहिलेको दरबार स्क्वायरमा के भिन्नता पाउनुभयो भनी सोध्दा एकछिन् नाजवाफ भए । नेपालीलाई सरह उनलाई पनि यस भूकम्पको प्रभाव र पीडा परेको देखियो । लामो श्वास तान्दै उनले भने, ‘यो वास्तवमै विनासकारी छ, कल्पना गरिएभन्दा ठूलो छ…’

भूकम्प आएलगत्तै डर र त्रासले कतिपय विदेशी पर्यटक हतार हतारमा स्वदेश फर्किएका खबर आएको भएपनि यो समूह भने नेपालमै छ । भत्किएका भग्नावशेषलाई अवलोकन गर्दै त्यसलाई नै आफ्नो भ्रमणको अर्थ मानिरहेको छ ।

सो स्थलमा आज सुरक्षा निकाय, निजामति कर्मचारी र स्थानीयबाट गरिएको भग्नावशेष पन्छाउने कार्य तथा सरसफाइ अभियानको पनि साक्षी भएको थियो सो समूह ।

यही समूहमा रहेका फ्रान्सका नागरिक यभास एन्ङ्ग्रेले भने, ‘भूकम्पका समयमा नेपाल रहेर जे भोगियो, देखियो, त्यो अविस्मरणीय रह्यो । दुःखद् भयो ।’

अर्का पर्यटक म्यारिस डेलान्नी पनि पहिलो पटक नेपाल आएका हुन् । उनलाई पनि आफ्नो भूकम्प अनुभव र यहाँको पर्यटकीय अनुभूति पस्कन भनियो, तर धेरै बोल्न चाहेनन् । अङ्ग्रेजीमा बोलेनन् । सायद, उनले दृष्य आफैँमा स्पष्ट छ भन्ने सन्देश दिन खोजेका थिए ।

अर्का यात्री हिचेल डेस्चामेसले आफूहरू स्वदेश फर्कनुअघि नेपालको भूकम्पको केन्द्रविन्दू रहेको गोरखा जिल्लाका केही गाउँमा व्यक्तिगततर्फको सहयोग सङ्कलन गरी स्थानीय संस्थाबाट राहत हस्तान्तरण गर्ने सोच राखेको बताए ।

दरबार स्क्वायरका स्थानीय व्यवसायी दिनेशबाबु हाडाले भूकम्पपछि यहाँका अधिकांश होटेल बन्द रहेपनि फाट्टफुट्ट पर्यटक आउने क्रम नरोकिएको बताउनुभयो । ‘यहाँको व्यवसाय आत्मनिर्भर भइसकेको थियो, भूकम्पले प्रत्यक्ष असर पु¥याएको छ, तैपनि स्वदेशी र विदेशी पर्यटकले माया गरिरहेका छन् ।’

भूकम्पका कारण स्वयम्भूका बाँदर पनि प्रभावित

यसैबीच, भूकम्पको प्रभावका कारण स्वयम्भूका बाँदरलाई पनि प्रत्यक्ष असर परेको देखिएको छ ।

मानवीय र संरचनागत क्षतिका विषयमा सिङ्गो मुलुक केन्द्रित भएको र असुरक्षाका कारण स्वयम्भूमा सर्वसाधारणको रोक लगाइएपछि बाँदरले खाना पाउन छाडेका छन् । हाल सो स्थलमा करिब सात सय बाँदर छन् ।

यसअघि स्वयम्भू विकास व्यवस्थापन समितिले बाँदरको खानाका लागि वार्षिक रु सात लाख बजेट विनियोजन गर्दै आएको थियो ।

सो क्षेत्रको भ्रमणमा पुग्नुभएका संस्कृतिकर्मी तथा चित्र कलाकार डा रामकुमार भौकाजीले बाँदर तथा अन्य पशुपंक्षी वातावरणीय परिवेशको प्रमुख अङ्ग भएकाले तिनको पनि संरक्षण र सुरक्षा हुनुपर्ने बताउनुभयो ।

उहाँले वातावरणीय सन्तुलन बिग्रन नदिन सबैले ध्यान दिनुपर्ने बताउँदै पशु अधिकारकर्मीले यसतर्फ ध्यान दिन नसकेको गुनासो गर्नुभयो ।

सो क्षेत्रमा भेटिनुभएका समाजसेवी तथा सञ्चारकर्मी प्रकाश रायमाझीले सम्बन्धित निकायले पशुपक्षीको हित र बाँदरलाई खाना खुवाउने कार्यमा तत्काल ध्यान दिनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया