Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – वरिष्ठ पत्रकार तथा ‘अन्नपूर्ण पोष्ट’ दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ती व्यक्त गरेको छ ।

नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य के हो भन्ने कुरा सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा प्रधान सम्पादकलाई आरोप लगाइनु आफ़ैमा नेपाली मिडिया तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।

प्रधान सम्पादक घिमिरेका अनुसार बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारमाथि आपत्ती जनाएर ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै धम्काएका थिए ।

महासंघले एक विज्ञप्ती जारी गर्दै विनासकारी भूकम्पबाट प्रभावित भएर पनि देश र जनतालाई सू–सुचित गर्ने आफ्नो कर्तव्यबाट पछाडी नहटि दिनरात खटिरहेको नेपाली मिडियालाई सम्बन्धित सबैबाट सहयोग र सद्भाव व्यक्त हुनुको साटो स्वतन्त्र पत्रकारिताको मर्म विपरित यसरी आरोपित गरिनु निन्दनीय रहेको जनाएको छ ।

संचारकर्मीहरुलाई समाचार आफ़ अनुकुल भएन भन्दै आरोप लगाइनु कुनै पनि अर्थमा कुटनीतिक मर्यादा एवं स्वतन्त्र पत्रकारिताको मर्म अनुकुल हुन नसक्ने भन्दै महासंघले घट्नाको छानबिन र संस्थागत धारणाका लागि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराएको छ ।

महाभूकम्पपछि भारतीय राहतका लागि नेपाल आएका भारतीय सेनाका हेलिकप्टरहरुलाई सहयोगसम्म मात्रै सीमित राख्न चीनको आग्रहलगायतका समाचार अन्नपूर्ण पोष्टले सार्वजनिक गरेको थियो ।***

तपाईको प्रतिक्रिया