Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– बेलायतमा वर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनले नेतृत्व गरेका कन्जरभेटिभ पार्टीले पुनः बहुमत ल्याएको छ ।

बिहीबार सम्पन्न बेलायतको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टी भारी बहुमतले विजयी भएको छ । कन्जरभेटिभ पार्टीले कुल ६५० सिटमा ३३१ सिटमा विजयी हुँदै स्पष्ट बहुमत प्राप्त गरेको हो ।

क्यामरुनले पुन: ५ वर्ष प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्ने पक्का भएको छ । आफ्नो क्षेत्र विट्नीमा जितेर क्यामरुन आफ्नी जीवनसंगिनी समान्थाका साथ टेन डाउनिङ फर्किसकेका छन् । सम्भवतः उनले दिउसोसम्ममा नयाँ सरकारको घोषणा गर्ने अपेक्षा छ ।

यूके संसदको ६५० सिटका लागि भएको निर्वाचनमध्ये रातभरको नतिजामा कन्जरभेटिभले ३३१, लेबोरले २३२, स्कटिश नेशनल पार्टीले ५६, लिबरल डेमोक्रेट्सले ८, एसएनपीले ५६, यूकिपले एक र अन्य २३ सिट जितेका छन् ।

यसपटकको निर्वाचनमा स्कटिश नेशनल पार्टी (एसएनपी) ले भारी सफलता प्राप्त गरेको छ भने लेबोरले स्कटल्याण्डमा अप्रत्यासित नतिजा बेहोर्नुपरेको छ ।

तपाईको प्रतिक्रिया