Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

लालितपुर- करिब साढे दुई महिनाको कार्यक्रम लिएर अमेरिका गएका चर्चित हाँस्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अघिल्लो शनिबार आम नेपालीलाई नै आतंकित पार्ने गरी आएको विनासकारी भूकम्पपछि कार्यक्रमबीचमै रोकेर नेपाल फर्किएका छन् ।

केही महिना अघि मात्र नेपाल सरकारका तर्फबाट सरसफाई दूत नियुक्त भएका धुर्मुस र सुन्तलीको नेपाल फर्केपछि अहिले झन व्यस्तता बढेको छ । भूकम्प पीडित जिल्लामा राहत अभियान लिएर हरेक दिन पुग्दै आएका उनीहरु नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, धादिङ तथा ललितपुर गईसकेका छन् । ‘एक छाक पनि खान नपाउँदा कस्तो पीडा हुन्छ भन्ने कुरा म राम्रोसग अनुभव गर्छु,’ निकै भावुक हुँदै धुर्मुसले भने,’ ‘गरिबीको पीडा पनि मलाई राम्ररी थाहा छ, त्यसैले महाबिपत्तिको बेला सकेको सहयोग गर्नु हाम्रो कर्तव्य ठानेर विभिन्न जिल्लामा राहात र उद्धारका लागि मेरीबास्सै र भद्रगोलको टोली खटेको छ ।’

उनले शुक्रबार पनि ललितपुर जिल्ला भित्रै रहेको अति विकट भनेर चिनिने ठूला दृर्लुङमा पुगेर राहत वितरण गरेको बताए । ‘हामी अहिले सगुन डटकम, गणेशमानसिंह हस्पिटल, जीवन विज्ञान समूह लगायतका संस्थाको सहकार्यमा भुकम्प पीडितलाई राहत बितरण गर्न र घाइतेहरुको उद्धार कार्यत्रमा ब्यस्त बनेका छौँ,’ उनले भने, ‘नेपालमा भूकम्प आएको थाहा पाउने वित्तिकै हामी अमेरिकाको विभिन्न १७ ओटा राज्यमा गर्ने भनिएको कार्यक्रम नै छोडेर नेपाल फर्किएका हौँ ।’ उनले पीडितहरुको घाउमा मल्हम लगाउँन पाउँदा खुशी लागेको बताए । ‘हाम्रो अभियान सही पीडितको पहिचान गरी प्रत्यक्ष आफ्नै हातले राहत सामग्री वितरण गर्ने रहेको छ,’ उनले भने ।

धुर्मुसले एक वर्षकी काखे छोरी अरुकै रेख–देखमा छाडेर दिनरात नभनी खाद्यन्न, पाल, ओछ्याउने म्याट, डाक्टर र औषधीसमेत लिएर राहत पुग्न नसकेको ठाँउहरु खोज्दै पुगिरहेको बताए । ‘ठूलो दृर्लुङ ललितपुर जिल्लाको कर्णाली भनेर चिनिन्छ । काठमाडौँबाट गोट्टीखेलसम्म करिब २ घण्टाको पीच बाटो र झण्डै ३५ किलो मिटर कच्ची भीरको बाटो ३–४ घण्टा गाडीमा हिँडेपछि मात्र पुग्न सकिन्छ,’ उनले भने, ‘कुन बेला भीरबाट ढंङ्गा खस्ने हो भन्दै ज्यान नै जोखिममा राखेर आङ नै सिरिङ हुँने गरी त्यो बाटो हिँड्दै दुर्लुङ पुगेर बिहीबार हामीले राहत वितरण ग¥र्यौ ।’ उनले राहत वितरण गरेर काडमाडौँ फर्किदाँ रातीको ३ बजेको उनले सुनाए ।

धुर्मुसहरुसँगै त्यहा पुगेका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिक्री’ ले पनि उनकै कुरामा सही थापे । ‘धुर्मुस र सुन्तली खुला मनले राहत र उद्धार कार्यमा खटेको देखेर हामी पनि प्रेरित भएर उहाँहरुसँगै दिन–रात अभियानमा खटेका छौँ,’ जिक्रीले भने । राहत बोकेको ट्रकको भारीमाथि बसेर ठूला दृर्लुङ पुगेका उनीहरुले ५०० भन्दा बढीलाई राहत वितरण गरेका थिए । ‘राहतको प्रतिक्षामा राज्य कुरेर बसेका दुर्लुङबासीले हामी राहत बोकेर पुग्दा भगवान आए जसतो ठानेँ,’ सुन्तलीले भनिन् ।

भद्रगोलका कलाकार हरी निरौला ‘कक्रोज’ कुमार कट्टेल ‘जिग्री’ बेरी बास्सैका कालाकार गोपाल लामा कार्की दाईसमेत राहत वितरणका लागि उनीहरुसँगै खटेका छन् । धुर्मुुसले भूकम्प पीडित जिल्लामा राहत वितरणको कार्य सकेपछि त्यहाँ उनीहरुका लागि ओछ्याउने म्याट, चर्पी र औषधीका साथै सरसफाई अभियानलाई तिव्रता दिने बताए । ‘विभिन्न संघ–संस्थासँग अस्थायी ‘चर्पी’ र तत्काल पुर्नवासको अभियानका लागि कुराकानी गरिरहेका छौँ,’ उनले भने, ‘हामी छिट्टै भूकम्प प्रभावित क्षेत्रमा अस्थायी चर्पी निर्माणको अभियान लिएर जान्छौँ ।’

तपाईको प्रतिक्रिया