Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोकियो – बेलायतमा हिजो सम्पन्न संसदीय निर्वाचनमा डेविड क्यामरुनको सत्तारुढ दल कन्जर्भेटिभ पार्टीले सामान्य बहुमत हासिल गरेको छ ।

यो बहुमतसँगै डेविड क्यामरुन पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । सत्ता साझेदार लिबिरल ड्यामोक्रयाटिक पार्टी भने यो निर्वाचनमा नराम्ररी पछारिएको छ ।

उसले ८ सिटभन्दा बढी जित्न सकेन । यसअघिको निर्वाचनमा लिबरलले ५५ सिट जितेको थियो । यो निर्वाचनमा उसले ४७ सिट गुमायो । प्रतिपक्षी लेबर पार्टीले भने विगतमा जस्तो छवि कायम गर्न सकेन । यसपटक उसले २५ सिट गुमायो । स्कटिस नेसनल पार्टी (एसएनपी) तेस्रो ठूलो दलको रुपमा उदाउनु यो निर्वाचनको विशेषता बन्यो ।

यसअघि ६ सिट जितेर संसदमा उपस्थिति देखाएको एसएनपीले स्कटल्याण्ड क्षेत्रमा क्लिनस्वीप गरयो । उसले यसपटकको निर्वाचनमा ५६ सिट बनाएको छ । यसका अध्यक्ष निकोल स्टुरगेनका अनुसार स्कटल्याण्ड एकल पार्टीको राज्य हुनेछ ।

गत वर्ष सम्पन्न बेलायतबाट स्कटल्याण्ड अलग हुने जनमतसंग्रहमा एसएनपीले लिएको रणनीति उपयोगी भएको अहिलेको संसदीय निर्वाचनको परिणामले देखायो । ***

तपाईको प्रतिक्रिया