Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

ललितपुर- बुङ्मतीमा रहेको मच्छिन्द्रनाथको मन्दिरले पुरिएको मच्छिन्द्रनाथ देवताका विभिन्न किसिमका गरगहना, गजुर र महत्वपूर्ण रुपमा लिइने भोटोसमेत पुरिएको हुँदा निकाल्ने काम जारी रहेको छ ।
बुङ्मतीमा रहेको मछिन्द्रनाथको मन्दिर भूकम्पमा पूर्ण रुपमा भत्किएपछि मछिन्द्रनाथको केही सामान पुरीएको थियो ।
गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीका अनुसार अहिलेसम्ममा देवताको साना र ठूला गजुर, भिमसेनको मूर्ति तामा र केही सुनको टुक्रा भेटीसकेको भएपनि मछिन्द्रनाथको आकषर्णको केन्द्र मानिने भोटो भने अहिलेसम्म पनि भेटिएको छैन् ।
भैरवनाथ र मछिन्द्रनाथको मन्दिर पुर्ण रुपमा भत्किएकाले देवताका धेरै सामानहरु पुरीएका छन् ती सबै सामानहरु निकाल्नको लागि अझै पाँच छ दिनको समय लाग्ने प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
यस वर्ष मछिन्द्रनाथको बाह्र वर्षको मेला वैशाख छ गते रथारोहण गरी सुरु भईसकेको थियो भूकम्पका कारणले गर्दा नौँ गतेदेखि सुरु भएको रथ जात्रा समेत स्थगित भएको छ । रथ जात्रा कहिलेबाट सुरु हुने भन्ने एकिन भने भएको छैन ।

तपाईको प्रतिक्रिया