Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाण्डाै-जिल्ला प्रशासन कार्यालय सुनसरीबाट किर्ते राहदानी लिएको रहस्य बाहिर आएको छ ।
जिल्लाको नरसिह गाविस-७ का अवास अन्सारीको नाममा अर्कै अवास अन्सारीले किर्ते राहदानी निकालेको खुलासा भएको हो ।
हालै विदेशबाट नेपाल फर्केको उनले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन जाँदा आफ्नो नाममा अर्कै व्यक्तिले राहदानी निकालिसकेको खुलासा भएको हो  ।
एमआरपीका लागि सिफारिस लिएर परराष्ट्र मन्त्रालयमा गएपछि आफ्नो नाममा अर्कै अवास अन्सारीले एमआरपी निकालेको थाहा भएको पीडित अन्सारीले बताए ।
आफ्ना नाममा अर्काले नै एमआरपी निकालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले किर्ते एमआरपीको विषयमा परेको उजुरीमा छानबिन भइरहेको बताए । ***

तपाईको प्रतिक्रिया