Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

भक्तपुर- भूकम्पका कारण मन्दिरको चारै कुनामा क्षति पुगेर भत्किनै लागेको विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको संरक्षण सुरु गरिएको छ ।

चाँगुनारायण मन्दिर आसपास रहेका अन्य मन्दिर भत्किएर भग्नावशेषमा परिणत भएपनि मूल मन्दिरको चारै कुना भत्किएर इँटा निस्किएपछि यसलाई तत्कालै संरक्षण गर्नका लागि राष्ट्रिय कला सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीको नेतृत्वमा गएको टोलीले मन्दिरको अवलोकन गरेको छ ।

अनुगमनपछि प्रमुख नकर्मीले यसको संरक्षणका लागि पुरातत्व विभागले आफूलाई खटाएको बताउँदै मन्दिरलाई चारैतिरबाट टेको दिएर तत्काल संरक्षणकार्य सुरु गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया