Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- नेकपा माओवादीले भूकम्प प्रभावित क्षेत्रमा भूकम्प नगएका क्षेत्रका कार्यकर्ता परिचालन गरेको छ । महासचिव नेत्रविक्रम चन्दले कार्यकर्तालाई जनताको सेवामा खट्न आज निर्देशन दिनुभयो । उहाँले आफ्नो पार्टी जनताको सेवा गर्न जिम्मेवार रहेको भन्दै भूकम्प प्रभावित जिल्लामा २०० सङ्ख्यामा कार्यकर्ता पठाउन लागिएको बताउनुभयो । महासचिव चन्दले मकवानपुर र ओखलढुङ्गामा पार्टीको स्थानीय तहका नेताले सेवा गर्न लागेकाले तीबाहेक राज्यले सङ्कट घोषणा गरेका १२ जिल्लामा टोली परिचालन गरिने जानकारी दिनुभयो । एक जिल्लामा एक केन्द्रीय सदस्यको नेतृत्वमा शुक्रबार बिहान भूकम्प प्रभावित क्षेत्रमा टोली जान लागेको उहाँले बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा १०÷१० जनाको दुई टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर आवश्यक उद्धार, जनचेतना र तत्काल बस्न अस्थायी घरटहरा निर्माण गर्ने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया