Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

पाँचथर- ताप्लेजुङको छेतम्बुबाट सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङ नगरपालिका–८ मा पर्ने ल्याङ्बामा मे१ज ५७२८ नंको जिप भिरबाट तल खस्दा दुर्घटना भएको प्रहरी जनाएको छ । दुर्घटनामा परी ताप्लेजुङ थेचम्बुका २३ वर्षीय सागर लिम्बू, ताप्लेजुङ नगरपालिकाकी ३४ वर्षीया भीममाया कटुवाल, २८ वर्षीया निर्मला गुरागार्इं, ३० वर्षीय विकास सुनवार, नगरपालिका–४ बस्ने ६२ वर्षीया रतन्कला सुब्बा र डुम्रिसे बस्ने ३१ वर्षीय शरण लिम्बू छन् ।

दुर्घटनामा परी नौ घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते दुई जनालाई जिल्ला बाहिर पठाइएको र अरुको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ । जिप भिरबाट करिब सय मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया