Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– व्यवस्थापिका संसदको अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधानको धारा ५१ को उपधारा १ बमोजिम बिहीबार दिउँसो ३ बजेका लागि संसदको अधिवेशन आहृवान गर्नुभएको थियो ।

वैशाख १२ गते गएको बिनाशकारी भूकम्पपछि सत्तरुढ र विपक्षी दलले संसदको बैठक बोलाई भूकम्प पीडितलाई राहत वितरण र पुनःस्थापना गर्न म्यान्डेट लिनु पर्ने भन्दै बैठक बोलाउन आग्रह गर्दै आएका थिए ।

व्यवस्थापिका संसदको यो अधिवेशन मुख्य रुपमा बिनासकारी भूकम्पले परेको असर, राहत तथा पुनःस्थापनामा केन्द्रित हुने भए पनि विभिन्न विधेयकहरु माथि पनि छलफल हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

यस्तै संविधानसभाको बैठक पनि शुक्रबारका लागि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया