Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– नागरिक लगानी कोषले विनाशकारी महाभूकम्पबाट भएको धन जनको क्षति, भौतिक संरचनाहरुको मर्मत तथा पुर्ननिर्माणको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

कोषको बुधबार बसेको सञ्चालक समितिको बैकठले उक्त रकम दिने निर्णय गरेको हो । मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै कोषले घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ ।

लगानी कोषले भूकम्प पीडितहरुको उद्वार, उपचार, राहत, पुनर्स्थापना तथा मुलुकमा पुगेको अकल्पनिय क्षतिको पुर्ननिर्माण तथा राहत कार्यक्रमको लागि सरकारलाई सहयोग पुर्‍याउने उध्देश्यले उक्त रकम जम्मा गरेको जनाएको छ । ***

तपाईको प्रतिक्रिया