Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– वैशाख १२ गते मध्यान्ह गएको विनाशकारी महाभूकम्पबाट पीडित नेपाली जनताहरुका लागि आन्तरिक राजस्व विभागले चालु आव. २०७१/०७२ को विनियोजित बजेट रकम मध्ये रु. २० करोड रुपैयाँ फिर्ता गरेको छ ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाबाट महाभूकम्पबाट प्रभावित नागरिकहरुको खर्च, उध्दार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन ठूलो रकमको आवश्यकता पर्ने र सो रकम सम्भव भएसम्म चालु वर्षको विनियोजित बजेटबाटै गर्न सबै मन्त्रालयलाई के कति रकम वचत हुन सक्दछ भनी सार्वजनिक परिपत्र गरिएको थियो ।

आन्तरिक राजस्व विभागले देशमा भएको यस्तो गम्भिर परिस्थितिलाई मध्यनजर गर्दै विभागलाई प्राप्त आ.व. २०७१/०७२ को विनियोजित बजेटको चालु खर्चतर्फ कटौती गर्दै रु. २० करोड अर्थ मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको छ ।

विभागले यसपूर्व नै विभाग तथा मातहतका ४५ कार्यालयहरुका १३५४ कर्मचारीहरुबाट राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उध्दार कोषमा रु ५० लाख ३४ हजार दाखिला गरिसकेको छ । ***

तपाईको प्रतिक्रिया