Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अमेरिकाबाट फर्केलगत्तै यत्तिबेला अभिनेता जिवन लुइटेल भूकम्प पिडितहरुलाई राहत वितरण गर्नमा सक्रिय देखिएका छन् । ३ महिना लामो बसाईपछि नेपाल फर्किएका उनले भूकम्प पिडितहरुका लागि ५१ हजार सहयोग गर्ने बताएका छन् ।

Jiwan-Luitelचलचित्रकर्मी मानव तथा भौतिक क्षति विवरण संकलन एवं सहयोग वितरण समन्वय समितिलाई लुइटेलले नगद ५१ हजार दिने बताएका हुन् । उनले यो रकम भूकम्पबाट प्रभावित चलचित्रकर्मी, पत्रकारका लागि खर्च गर्ने पनि बताएका छन् ।

साथमा चलचित्र ‘भुल भूलैया’का निर्माता दिनेश कुमार पोख्रेलको तर्फबाट १ लाख १ हजार र फिल्म ठूलीका निर्माता पुष्कर पन्तको तर्फबाट ५१ हजार नगद सहयोग आफूलाई प्राप्त भएको पनि जिवनले बताएका छन् । उनले अन्य फिल्मीकर्मीलाई पनि आफूले सक्दो सहयोग गर्नका लागि आग्रह गरेका छन् ।

यस्तै, भारतको बालाजी फिल्मस्बाट जिवनले आफ्नो पहलमा १० लाख मुल्य बराबरको खाद्य सामाग्री सहयोग मागेको र त्यो प्राप्त भएको जिवनको भनाई छ । उनी धादिङ पुगेर यो सामाग्री वितरण गर्ने बताएका छन् ।***

तपाईको प्रतिक्रिया