Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– सिंहदरबारभित्र रहेका दुई मन्त्रालय बस्ने नमिल्ने भएका छन् ।

सरकारी टोलीले निरीक्षण गर्दा युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालय बस्नै नमिल्ने भएकाले भत्काएर नयाँ बनाउनुपर्ने देखिएको छ । दुवै भवनमा रातो स्टिकर टाँसिएको छ ।

मन्त्रालय बस्नै नमिल्ने भएपछि युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले टेन्टबाटै काम सुरु गरेका छन् ।

यसैबीच अर्थ मन्त्रालयका चर्किएका कोठामा प्रवेश नगर्न भनिएको छ । सामान्य प्रशासन र रक्षा मन्त्रालयको भवनमा पहेँलो स्टिकर टाँसिएको छ । दुवै भवन मर्मतपछि मात्र बस्नयोग्य हुने भनिएका छन् ।

रक्षा सँगैको प्रधानमन्त्री रहने भवनमा कुनै क्षति नभएको बताइएको छ । अन्य मन्त्रालय भवन बस्न मिल्ने छन् ।

तपाईको प्रतिक्रिया