Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– गैरआवासीय नेपाली संघले धादिङको उत्तरी भेग बसेरीका भूकम्पपीडित स्थानीयबासिन्दालाई राहत वितरण गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र महासचिव कुमार पन्तसहितको टोलीले सोमबार बसेरी पुगेर गाविस सचिव, स्थानीय समाजसेवी र बिद्यालयका शिक्षकको रोहरबरमा राहत वितरण गरेको छ ।

८ सय ६७ घरधुरी रहेको बसेरीमा गैरआवासीय नेपाली संघले सवै घरलाई एक–एकवटा त्रिपाल, कम्बल, चिउरा, चामल, चाउचाउ लगायतका सामाग्री प्रदान गरेको छ ।

गोरखाको सीमा क्षेत्रमा पर्ने यो बिकट गाउँमा भूकम्पबाट लगभग सबैजसो घर भत्किएका छन् । ७ जनाले भूकम्पमा परी ज्यान गुमाए ।

तर, ज्यान गुमाउनको संख्या धेरै नभएका कारण ९ दिनसम्म कतैबाट पनि सहयोग पाउन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।

गैरआवासीय नेपाली संघले नेपालका भूकम्पपीडितलाई आपतकालिन राहतस्वरुप १० करोड रुपैयाँको कोष बनाई बिभिन्न ७ जिल्लामा राहत बितरण अभियान सुरु गरेको थियो ।

जसअनुसार अहिलेसम्म सिन्धुपाल्चोक, गोरखा, लमजुङ, काभ्रे, धादिङमा राहत वितरण भइसकेको छ । पहिलो चरणमा १० हजार परिवारलाई राहत बितरण गर्ने योजनाअनुसार गैरआवासीय नेपाली संघका स्वयंसेवकको सहयोग र सक्रियतामा राहत बितरण कार्य भइरहेको छ ।

गैरआवासीय नेपाली संघले नुवाकोटको राकुका देवी गाविस र आसपासका भूकम्प पीडितहरुका सहयोगार्थ पाल ८५९, चाउचाउ १००० कार्टुन तथा कम्बल १६५० थान राहत सामाग्री सोमवार वितरण गरेको छ । नुवाकोटमा संघका तर्फबाट राहत वितरणमा निवर्तमान अध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष टीबी कार्की, कोषाध्यक्ष बद्री केसी, महिला संयोजक शपिला राजभण्डारी तथा अष्ट्रेलिया तथा चाइनाका एनआरएनहरुको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया