Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- भूकम्पका कारण दक्षिण कोरियामा काम गर्न जान अनिवार्यरुपमा दिनुपर्ने ईपीएस भाषा परीक्षा सर्ने भएको छ ।

पूर्वनिर्धारित तालिकाभन्दा दुई सातादेखि एक महिनासम्म परीक्षा मिति सार्न लागिएको हो । परीक्षा सञ्चालन हुने मिति भने अझै निर्धारण गर्न बाँकी छ ।

यसअघि आगामी जेठ ३० र ३१ ग्ते भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । ईपीएस कोरिया शाखा प्रमुख डिल्ली बास्तोलाले भूकम्पका कारण परीक्षा सार्नुपर्ने अवस्था आएको जानकारी दिए ।

भाषा परीक्षामा सामेल हुन ५१ हजार तीन सय जनाले आवेदन फारम भरेका छन् ।

त्रिभुवन विश्वविद्यालय, उच्चमाध्यमिक शिक्षा परिषदबाट लिइने परीक्षा पनि यसै समयमा पर्ने भएकाले सरोकारवालासँग समन्वय गरेर परीक्षा मिति तय गरिने उनले बताए ।

तपाईको प्रतिक्रिया