Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- भूकम्पबाट सिर्जित राष्ट्रिय विपत्तिको घडीमा जनसहयोग तथा पुन:स्थापनाको साथै भौतिक संरचनाको पुनः निर्माणबारे व्यवस्थापिका संसद्को आगामी बैठकमा प्रस्तुत गर्ने सङ्कल्प प्रस्ताव तयारीमा प्रमुख तीन जुटेका छन् ।

प्रधानमन्त्री निवासमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल एकीकृत (माओवादी) का शीर्ष नेताहरुबीच सोही विषयम केन्द्रित रहेर छलफल भयो ।

बैठकमा सहभागी नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तीन दलको बैठकमा भूकम्प प्रभावित जनताका आवश्यकता सम्बोधन र भौतिक संरचनाको पुन: निर्माणबारे छलफल भएको जानकारी दिनुभयो ।

व्यवस्थापिका-संसद्को आगामी बैठक यही वैशाख २४ गते अपराह्न ३:०० बजे बस्ने छ ।

तपाईको प्रतिक्रिया