Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- महाभूकम्पमा परी अहिलेसम्म ७ हजार पाँच सय ५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

सिन्धुपाल्चोकमा दुई हजार नौ सय ११, काठमाडौंमा एक हजार दुई सय दुई, नुवाकोटमा नौ सय चार, धादिङमा छ सय ८०, रसुवामा ४ सय ३३ र गोरखामा चार सय १२ जना गरी मृतकको संख्या त्यति पुगेको हो ।

गृह मन्त्रालयले बिहान दिएको विवरण अनुसार, घाइतेको संख्या १४ हजार ५ सय ३६ पुगेको छ ।

एक लाख ९१ हजार ५८ वटा निजी घर र दश हजार सात सय आठ वटा सरकारी भवन पूर्णत: क्षतिग्रस्त भएको छ ।

एक लाख ७५ हजार एक सय ६२ वटा निजी र १४ हजार सात सय ४१ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया