Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को परीक्षाको मिति तत्कालका लागि नतोकिएको स्पष्ट पारेको छ ।

परिषदका सदस्य सचिव नारायण प्रसाद कोइरालाले अहिलेसम्म परीक्षाको मिति नतोकिएको स्पष्ट पार्नुभएको हो । यसअघि आइतबारदेखि सुरु हुने भनिएको परीक्षा भूकम्पपछि अनिश्चितकालको लागि स्थगित गरिएकोमा विभिन्न मिति तोकेर परीक्षा हुने हल्ला चलेकोमा उहाँले खण्डन गर्दै त्यस्ता खवरको पछाडि नलाग्न सबैलाई आग्रह समेत गर्नु भएको छ ।

सदस्य सचिव कोइरालाले परीक्षाको लागि विद्यार्थी पूर्ण रुपमा तयार नभएसम्म परीक्षा नलिने बताउनुभयो । विद्यार्थी र अभिभावकमा भ्रम पैदा गरी विपदको यो बेलामा थप आतंक सिर्जना गरेको भन्दै झुट्टो खबर फैलाउनेको पहिचान गरी कारबाही गर्न नेपाल प्रहरीसँग परिषदले अनुरोध गरी सकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया