Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

ललितपुर- भूकम्पबाट प्रभावित घर भएका स्थानीयवासीले राहत पाए पनि सोही घरमा डेरा गरी बस्ने अन्य स्थानका मानिसले राहत नपाउँदा पीडितले आफूलाई राज्यले दोस्रो दर्जाको नागरिकका रुपमा राखेको गुनासो गरेका छन् ।

ललितपुरको गोदावरी नगरपालिकामा करिब पाँच वर्षदेखि डेरा गरी बस्दै आउनुभएकी रामेछापका मञ्जु घिमिरेका अनुसार जिल्लामा रहेको घर पनि पूर्ण रुपमा क्षति भएको र यहाँ बस्दै आएको घर भत्केर अत्यावश्यक सामान निकाल्न नपाए पनि अहिलेसम्म आफूहरुले कुनै किसिमको राहत पाइएको छैन ।

हाल उहाँको परिवारमा श्रीमान् र दुई सन्तान छन् । ‘‘गैरसरकारी सङ्घसंस्थाले वितरण गर्दै आएको तयारी खाना कुनै दिन पाइन्छ भने कुनै दिन त्यही पनि पाइँदैन तर पनि गाविसबाट वितरण गरिएको राहत सामग्री अहिलेसम्म पनि हामीहरुले पाएको छैन ।’’ गहभरि आँसु पार्दै उहाँले भन्नुभयो ।

त्यसैगरी धादिङ चरौंदी घर भई नौ वर्षदेखि गोदावरी नगरपालिकामा बसोबास गर्दै आउनुभएकी जिरीमाया परियारले मजदुरी गरी आफ्नो परिवार पाल्दै आउनुभएको थियो । अहिले उहाँको घर भत्किएको छ भने डेरा गरी बसेको घर पनि बस्नका लागि योग्य नभएको इन्जिनियरले बताइसकेका छन् । यति ठूलो समस्या पर्दा पनि विभिन्न निकायबाट प्राप्त राहत सामाग्री नपाउँदा बाँच्नै समस्या भएको छ ।

स्थायी घर नुवाकोट भई सोही स्थानमा बस्ने मैयाँ गुरुङको पनि समस्या कम छैन । उहाँ एक महिनाको सुत्केरी हुनुहुन्छ शिशु काखमा लिएर भोको पेट खुला आकाशमुनि बस्नाको पीडा भनीसाध्ये छैन । गुरुङलाई आफ्नोभन्दा काखमा रहेको बच्चालाई खुवाउने दूध नआएको दुखेसो गर्नुभयो । अन्य जिल्लाका नागरिकले राहत नपाएको गुनासो गरिरहँदा सोही स्थानका बासिन्दा भने राहत सामग्री सन्तोषजनक तवरले पाएको बताएका छन् ।

ललितपुरका अन्य स्थानभन्दा हरिसिद्धिमा मानवीय क्षति बढी भएको छ । हालसम्ममा हरिसिद्धिमा २३ जनाले ज्यान गुमाएका छन् भने करिब दुई सयभन्दा बढी घाइते भएका र चार सय ५० घर क्षति भएको छ ।

गोदावरी नगरपालिका वडा नं २८ का गाविस सचिव सानुबाबु सिल्वालका अनुसार विनाशकारी भूकम्पले भत्काएका घर बस्नयोग्य छैनन् । चर्किएका घर भत्काउन पर्ने नपर्ने विषयमा सरकारी इन्जिनियरबाट अनुगमन भइरहेको उहाँले जानकारी दिनुभयो । ललितपुरमा भूकम्पमा परी १७२ जनाले ज्यान गुमाइसकेको र एक हजारभन्दा बढी घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया