Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- भगवान् गौतम बुद्धको २५५९औँ जयन्ती तथा लुम्बिनी दिवस–२०७२ का अवसर आज लुम्बिनीमा विनाशकारी भूकम्प र त्यसबाट ज्यान गुमाएकाको स्मरण गर्दै पूजा र प्रार्थना र शान्ति दीप प्रज्वलन गरिएको छ ।
विनाशकारी भूकम्पमा ज्यान गुमाएकाको सम्झना र त्यसबाट ब्याकुल जनताको शान्ति र मङ्गल कामनासहित लुम्बिनीमा शान्ति दीप प्रज्वलन, शान्ति पदयात्रा र महापरित्राण एवम् प्रणिधान पाठ सम्पन्न गरिएको छ । लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रममा लुम्बिनीस्थित अखण्ड शान्ति दीपमा शान्ति दीप प्रज्वलन गरी मायादेवी मन्दिर परिक्रमा गरिएको थियो । विगतका वर्षहरुमा विशेष समारोहको आयोजना गरी मनाइने गरिएको बुद्ध जयन्ती यस वर्ष देशमा विनाशकारी भूकम्पबाट परेको विपत्तिका कारण शान्ति पूजा, प्रार्थना र शान्ति दीप प्रज्वलन गरी मनाइएको विकास कोषका निमित्त उपाध्यक्षसमेत रहनुभएका कोषका कोषाध्यक्ष ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
सो अवसरमा मायादेवी मन्दिर अगाडि सामूहिक प्रार्थना गरिएको थियो । थेरवादी परम्पराअनुसार त्रिरत्न वन्दनासहित परित्राण, महायानी परम्पराअन्तर्गत लामा गुरु, गुरुआमाबाट प्रणिधान, निप्पोन्जान म्योहोजी, चाइना विहार, दक्षिण कोरिया र भियतनाम विहारबाट बन्दना गरिएको थियो । यसका साथै मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलनसहित दिनभरि नै भूकम्पमा परी ज्यान गुमाएकाको आत्माको चिर शान्तिको कामना गर्दै विशेष प्रार्थना गरिएको छ । लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका निमित्त उपाध्यक्ष अर्याल, सदस्य सचिव अजितमान तामाङ, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी, स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्याल, विभिन्न देशका भिक्षु भिक्षुणीको सहभागिता थियो । यसैगरी, भगवान् गौतम बुद्धको २५५९औँ जयन्तीका अवसरमा भूकम्पमा परी दिवङ्गत भएकाको आत्माको चिर शान्तिको कामना गर्दै आज साँझ लुम्बिनीस्थित मायादेवी मन्दिर र लुम्बिनीस्थित सम्पूर्ण विहारमा २५५९ दीप प्रज्वलन गरिने कार्यक्रम रहेको छ ।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले २५५९औँ बुद्ध जयन्तीका अवसरमा आज शान्तिका लागि शुभकामना सन्देश पठाउनुभएको छ । शान्ति सन्देशमा उहाँले “महाभूकम्पमा हुनगएको क्षतिप्रति सम्पूर्ण नेपालीमा धैर्यधारण गर्न सकियोस् भनी भगवान् बुद्धसँग प्रार्थना गर्दछु”, भन्नुभएको छ । यस्तै, बुद्ध जयन्तीको अवसरमा शाक्यमुनि बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा कोषद्वारा आयोजित महापरित्राण र प्रणिधान तथा २५५९ शान्ति दीप प्रज्वलनबाट सम्पूर्ण मानव जगत्को सुस्वास्थ्य एवम् विश्व शान्तिका लागि विशेष योगदान रहने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया