Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- सरकारले संसद्को आगामी बैठकमा भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत तथा पुनःस्थापनासहितको विशेष सङ्कल्प प्रस्ताव पेस गर्ने भएको छ ।

व्यवस्थापिका–संसद्को यही २४ गते बस्ने बैठकमा सबै दलका तर्फबाट साझा कार्यक्रम तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताहरुको बैठकले यस विषयमा छलफल गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणको कामलाई समग्र रुपमा कसरी व्यवस्थित गर्ने र राष्ट्रिय सङ्कटको यस घडीमा सम्पूर्ण दल एकताबद्ध भएर सङ्कल्पका साथ कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल भएको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।

संसद्को बैठक अघि नै सरकारका तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम तयारीका लागि सबै दलका कार्ययोजनामाथि छलफल त्यसलाई समेट्ने र अन्तिम रुप दिने विषयमा प्रमुख दलबीच सहमति भएको छ । राहत र उद्धारका लागि सरकारका तर्फबाट विशेष सङ्कल्प प्रस्ताव ल्याउन सबै दलको व्यापक समझदारी जुटाउन प्रधानमन्त्री कोइरालाले छलफल अघि बढाउनुभएको काँग्रेसका केन्द्रीय सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले बताउनुभयो । विपत्तिको यस घडीमा सत्तापक्ष वा विपक्ष भन्नुभन्दा पनि एकढिक्का भएर भूकम्प प्रभावित क्षेत्रका लागि राहत र पुनःस्थापनाको दीर्घकालीन कार्ययोजना कसरी ल्याउन सकिन्छ भन्ने सम्बन्धमा बैठकमा छलफल भएको थियो ।

बैठकमा राहत र पुनःस्थापनाको कार्ययोजनाका साथै उद्धारका लागि विभिन्न मुलुकबाट आएका टोलीलाई धन्यवाद दिई आ–आफ्ना देश फर्कन सरकारले गरेको आग्रहमा प्रमुख दलले सहमतिसमेत जनाएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उद्धारको काम अन्तिम चरणमा पुगेकाले आवश्यक विज्ञ टोलीबाहेक अन्य सबैलाई धन्यवाद दिई आ–आफ्ना देश फर्कन प्रमुख दलले सहमति गरेका छन् ।

तपाईको प्रतिक्रिया