Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– भूकम्पले भत्किएको काठमाडौंको थापाथलीस्थित पुरातात्विक महत्वको कालमोचन मन्दिरको भग्नावशेष पन्छाएर बैशाख २० गते सशस्त्र प्रहरी बलको टोलीले पुरातात्विक महत्वका विभिन्न मूर्तिहरु निकालेको छ ।

क्षतिग्रस्त मन्दिरको भग्नावशेषबाट लक्ष्मी, सरस्वती र नारायणको मूर्ति सशस्त्र प्रहरी टोलीले निकाली पुरातात्विक विभागलाई बुझाएको हो ।

गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्पबाट पूर्णरुपमा भत्किएर भग्नावशेषमा परिणत धार्मिक तथा पुरातात्विक महत्वको सो मन्दिरमा रहेका बहुमूल्य धातुका उक्त मूर्तिहरु टोलीले पुरिएको भग्नावशेषलाई पन्छाएर सुरक्षित साथ निकालेको हो ।

भूकम्पपछि उद्धार तथा खोजी कार्यमा सक्रिय रहेको एपीएफ टोलीले मन्दिरको भग्नावशेष हटाउँदै सरसफाई गरी करीव सात फिट लम्बाईको नारायणको मूर्ति तथा झण्डै साँढे चार फिट लम्बाईको सरस्वती र लक्ष्मीको मूर्ति सुरक्षित साथ निकालेको हो ।

त्यसवेला एपीएफ टोलीले सो ठाउँबाट अन्य विभिन्न देवीदेवताका साना–साना मूर्तिहरु समेत फेला पारेको छ । त्यसक्षेत्रमा एपीएफ टोली निरन्तर रुपमा भग्नावशेष पन्छाउने कार्यमा सक्रिय रहेको थियो ।

Earth_APF1 Earth_APF2 Earth_APF3 Earth_APF4

तपाईको प्रतिक्रिया