Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

तर, विशेष कार्यक्रम गरिने छैन

काठमाडौं– आज शाक्यमुनि भगवान् बुद्धको जयन्ती देशभर मनाइँदै छ ।

प्रत्येक वर्षको वैशाख शुक्लपूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने प्रचलनअनुरुप आज बुद्ध जयन्ती मनाउन लागिएको हो ।

बुद्ध जयन्तीलाई भव्यताका साथ मनाउने डेढ महिनाअघिदेखि तयारी गरिएको भएपनि देशमा भूकम्पका कारण परेको विपत्तिका कारण यस वर्ष बुद्ध जयन्तीको कार्यक्रम परिमार्जन गरिएको छ ।

राष्ट्रिय बुद्ध जयन्ती मूल समारोह समितिले यस वर्षको बुद्ध जयन्ती भूकम्पका कारण जीवन गुमाउनेका लागि निर्वाण (मोक्ष प्राप्ति) र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै मनाउने जनाएको छ ।

सिद्धार्थ गौतमको जन्म ईसापूर्व ५६३ तिर नेपालको लुम्बिनीमा भएको थियो । वैशाख शुक्ल पूर्णिमाको दिन जन्मेका बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए । निरन्तर ४५ वर्षसम्म बुद्ध धर्मको प्रचार गरेपछि ८० वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन भारतको कुशीनगरमा बुद्धको महापरिनिर्वाण भएको थियो । विश्वभर शान्ति, मैत्री, करुणा र अहिंसामा आधारित बुद्ध धर्मलाई शान्तिको धर्मका रुपमा लिँदै आइएको छ ।

तपाईको प्रतिक्रिया