Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर १० दिनअघि गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या सात हजार २५० पुगेको छ ।

गृह मन्त्रालयले आज अपराह्न पत्रकार सम्मेलन गरी भूकम्पमा परेर १४ हजार २६७ जना व्यक्ति घाइते भएको जनाएको छ ।

त्यसमध्ये छ हजार १५० को मुलुकका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । मृत्यु हुनेमध्ये सात हजार १३० को शव बुझाइ सकिएको मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परेर ५४ विदेशी नागरिकको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् । भूकम्पपछि १०९ जना विदेशी नागरिक बेपत्ता छन् ।

भूकम्पमा परेर सबैभन्दा बढी सिन्धुपाल्चोकमा दुई हजार ८२९ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

साथै, भूकम्पका कारण १० हजार ५३१ सरकारी घर तथा भवन पूर्ण रुपमा क्षति भएका छन् । आंशिक रुपमा १४ हजार २६८ घर तथा भवन क्षति भएका छन् ।

सर्वसाधारणका एक लाख ९० हजार २१ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ७२ हजार १७ घर क्षति भएका छन् ।

तपाईको प्रतिक्रिया