Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- केन्द्रीय दैवी प्रकोप उद्धार समितिले खोज तथा उद्धार गर्न आएका अन्तर्राष्ट्रिय टोलीलाई फिर्ता पठाउन सरकारसमक्ष सिफारिस गरेको छ ।

खोज तथा उद्धारको काम प्रायः समाप्त भएकाले अन्तर्राष्ट्रिय प्रचलनअनुसार समितिले त्यसो गर्ने निर्णय गरेको गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर जनाएको हो । विश्वका ३४ देशबाट आएका खोज तथा उद्धार टोलीले गरेको योगदानको सराहना गर्दै समितिले उद्धार टोलीलाई स्वदेश फर्कन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको उक्त मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताउनुभयो ।

यही वैशाख १२ गते गएको भूकम्पबाट भत्किएका संरचनामा हराएकाको खोजी तथा उद्धारका लागि छिमेकी मुलुक भारत र चीनलगायत ३४ मुलुकबाट चार हजार ५० जना विशेषज्ञ आएका थिए । अन्तर्राष्ट्रिय उद्धारकले साथमा १२९ वटा कुकुर पनि साथै ल्याएका थिए ।
चिकित्सक टोली, उद्धार तथा राहत सामग्री ढुवानी गर्न ल्याइएका हेलिकोप्टर भने आवश्यकताअनुसार प्रयोग प्रवक्ता ढकालले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया