Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ-  विनाशकारी भूकम्पले पर्यटकीय क्षेत्रमा पु¥याएको प्रभावबारे सूचना व्यवस्थित गरी सहयोग पु¥याउने उद्देश्यले पर्यटक सूचना समन्वय केन्द्र स्थापना गरी काम सुरु गरिएको छ ।

पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमको अध्यक्षतामा पर्यटन क्षेत्रका सरोकारवाला निकायको प्रतिनिधिहरुको उपस्थितिमा शनिबार बसेको बैठकले महानिर्देशक गौतमको संयोजकत्वमा १२ सदस्यीय पर्यटक सूचना समन्वय केन्द्र स्थापना गरेको हो ।

केन्द्रमा अध्यागमन विभाग, पर्यटन सम्बद्ध निकायहरु नेपाल पर्वतारोहण सङ्घ (एनएमए), टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस् (नाट्टा), नेपाल होटल सङ्घ (हान), नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी एकाइसहितका प्रतिनिधि सदस्य रहेका छन् । केन्द्रले मुलुकभरि रहेका विदेशी पर्यटकको सूचना सङ्कलन गरी पर्यटकको अवस्थाका बारेमा सूचना प्रवाह गर्ने र आवश्यकताअनुसार सम्बन्धित निकायमा उद्धारलगायतका कार्यका लागि अनुरोध गर्ने केन्द्रका सदस्यसचिव शरद प्रधानले जानकारी दिनुभयो । केन्द्रले आफ्नो काम प्रारम्भ गरी सूचना सङ्कलनको काम भइरहेको तथा कुन देशका पर्यटक कहाँ कस्तो अवस्थामा छन् भनी पर्यटक प्रहरीमार्फत सम्बन्धित देश, निकाय र दूतावासमा जानकारी गराइने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया