Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- भूकम्प पीडितका लागि भारतबाट पठाइएको राहत सामग्री नै रुपन्देही सिद्धार्थ नगरपालिकाका एक व्यापारीले लुकाएर राखेको फेला परेको छ ।

भारतको वाराणसीमा रहेको कैलाशपुरी सेवा आश्रमबाट यूपी ६३ जे ९१०० नम्बरको ट्रकमा ल्याइएको राहत सामाग्री एयरपोर्टनजिक आचार्य राइस मिलमा लुकाइ राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
मिल सञ्चालक हेम शर्मा हुन् ।

भन्सार छुटाएर ल्याएपनि राहत को मार्फत र कसका लागि ल्याइएको भन्ने विवरण स्थानीय प्रशासनलाई दिइएको छैन ।

बरामद गरिएका सामग्रीमा एक सय कार्टुन बिस्कुट, ५० क्वीन्टल चना, सय थान कम्बल, १५ थान टेन्ट, ५१ कार्टुन फ्रुटी र धुलो दूध र चियापत्ति रहेको एसपी राजेन्द्र ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया