Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– भारतको पश्चिम बङ्गाल राज्य सरकारले नेपालका भूकम्पपीडित नागरिकका लागि छुट्टै राहतको घोषणा गरेको छ ।

नेपाल र पश्चिम बङ्गालका सुरक्षा अधिकारीबीच शनिवार सीमावर्ती पानीट्याङ्कीमा भएको बैठकमा पश्चिम बङ्गाल सरकारका तर्फबाट छुट्टै सहायताको घोषणा भएको हो । ‘पश्चिम बङ्गाल सरकारले छुट्टै राहत प्याकेजको घोषणा गरेको छ,’ बैठकपछि झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल भने, ‘गृहमन्त्रीलाई सोमवार राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।’

कार्यक्रममा पश्चिम वङ्गालकी मुख्यमन्त्री ममता वेनर्जीले गृहमन्त्री वामदेव गौतमलाई एकलाख थान त्रिपाल हस्तान्तरण गर्ने तयारी भएको दार्जिलिङका जिल्ला प्रशासन प्रमुख पुनित यादवले जानकारी दिनुभयो । शनिबार गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जिटीए) ले ६० लाख मूल्य बरावरको राहत सामग्री काठमाडौँ पठाएको छ ।

तपाईको प्रतिक्रिया