Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

लन्डन- बेलायतका एकजना प्रख्यात लेखक रुद रेन्डेलको ८५ वर्षको उमेरमा निधन भएको छ ।

उहाँले आफ्नो करिब पाँच दशक लामो लेखन जीवनमा कम्तीमा पनि ६० वटा पुस्तक लेख्नुभएको छ । उहाँका पुस्तकहरु पाठकमाझ निकै लोकप्रिय थिए ।

उहाँको ८५ वर्षको उमेरमा शनिबार निधन भएको उहाँका पुस्तकको प्रकाशकले जानकारी दिनुभएको छ ।

उहाँलाई गत जनवरी महिनामा हृदयघात भएको थियो । त्यसपछि उहाँ गम्भीर अवस्थामा नै उपचाररत हुनुहुन्थ्यो ।

अस्पतालमा रहनुभएका उहाँको उपचारकै क्रममा शनिबार निधन भएको समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया