Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता तथा सभासद् गगन थापाले गत शनिवार गएको भूकम्प पीडितको राहत, उद्धार र व्यवस्थापन कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन अविलम्ब भूकम्प प्रभावित जिल्लामा एकजना मन्त्री खटाउनुपर्ने माग गर्नुभएको छ ।

नियमित रूपमा हरेक दिन सरकारकोतर्फबाट प्रत्येक दिनको राहत, उद्दार र सहयोगको विवरण सार्वजनिक सञ्चारमाध्यममार्फत आम जनतालाई जानकारी गराउने व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु’, नेता थापाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेता थापाले सरकारले दुई खर्ब रूपैयाँको राष्ट्रिय पुननिर्माण कोष बनाउने भनेकोमा सो कोषलाई कम्तिमा रु १० खर्बको बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय निकायसँग टेन्ट, खाद्यान्नलगायतका तात्कालिक उद्धार र राहतका सामग्रीका लागि नभई १० खर्ब रुपैयाँको पुनःनिर्माण कोषका लागि सहयोग गर्न अपिल पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया