Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ – गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले भूकम्पपीडितलाई राहत तथा क्षतिग्रस्त भवनको पुनःनिर्माणका लागि रु १५ करोड सहयोगको घोषणा गर्नुभएको छ ।

फुलकुमारी महतो मेमोरियल ट्रस्टका अध्यक्ष महतोले ट्रस्टमार्फत राहत र विद्यालय पुनःनिर्माणमा उक्त रकम सहयोग गरिने घोषणा गर्नुभएको हो । रु. तीन करोडको राहत सामग्री वितरण गरिने र रु १२ करोड भत्किएका विद्यालय भवन पुनःनिर्माणमा खर्च गरिने उहाँले बताउनुभयो । उहाँले नेपालीले आफ्नै बलबुताबाट पनि मातृभूमिको निर्माण गर्न सक्छन् भनेर सो सहयोगको घोषणा गरिएको बताउनुभयो ।

प्रति पीडित परिवारलाई छ जना अटाउने पारिवारिक पाल, दुई तन्ना, म्याट्रेस, कम्बल, तकिया, बर्षादी र खाद्यान्न उपलब्ध गराइने छ । सरोकार भएका निकायसँग सल्लाह गरेर तत्कालै राहत उपलब्ध गराइने महतोले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया