Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

सरकार अझै पुग्न सकेन !

काठमाडौं – लोक गायिका मुना थापा मगरले गत शनिबार गएको भूकम्पबाट पीडित  गोरखा जिल्लाका मनकामनाबासीलाई राहत प्रदान गरेकी छिन् । उनी आफै विहीवार  मनाकामना पुगेर पीडितहरूको  उद्दार तथा राहत वितरण कार्यक्रममा संग्लन भएकी हुन् ।

muna1गायिका मुनाले आफ्नो जन्मथलो मनकामनाका भूकम्प पीडितहरूका लागि २५ बोरा चामल, २ बोरा नून , १०० मिटर म्याट्रेश, २० कार्टुन बिस्कुट, २० कार्टुन पानी सहयोग प्रदान गरेकी छिन् । राहत वितरण कार्यक्रममा स्थानिय टाइगर युवा समाजका अध्यक्ष भीमलाल  श्रेष्ठ, मनकामना स्वास्थ्य चौकीका प्रमुख हरि कुवँर, कर्मचारी बिष्णु खत्री, चन्डीश्वरी प्रा.विका प्राचार्य जनकलाल श्रेष्ठ लगायतको उपस्थिति  रहेको थियो ।

भूकम्पबाट आफु स्वंयम पनि पीडित  रहेको बताउँदै उनले भूकम्प आएको एक हप्ता बितिसक्दा पनि सरकारी निकायबाट राहत वितरण कार्यमा ढिलाई हुँदा दुःख लागेको बताईन् । मुलुकभर रुवाबासी भईरहेको बेला कुनै निकायबाट मद्दतको अपेक्षा गर्नुभन्दा पनि हामी आफैबाट सुरुवात गर्नु पर्ने उनको ठहर छ ।

त्यस्तै पीडितहरूले  भने भूकम्प गएको एक हप्ता भइसक्दा पनि आफ्नो गाउँमा अझै सरकारी निकायबाट राहत नपुग्दा सरकारप्रति आक्रोश पोखेका थिए । उनीहरुले भन्दै थिए,’अब त सरकार छैन जस्तो लाग्दैछ ।’

muna2गोर्खा मनकामनाकी लोक गायिका मुना थापा मगर गत शनिबार बिहान ११ः५६ बजे सदाझैं रेकर्डिङ स्टुडियो जाने तयारी गर्दै थिइन् । त्यति  नै बेला उनी बसेको घर एकाएक हल्लिन थाल्यो । पहिलो कम्पन आएकै बेला उनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत भूकम्प आएको सन्देश प्रवाह गरिन् ।

पहिलो कम्पनले उनलाई निकै बेरसम्म झस्काइरहयो । आठ लाख अठार हजार भन्दा बढी फ्यानहरुलाई उनको एउटै सूचना  निकै प्रभाव पर्न गयो । त्यसलगत्तै उनका ती फ्यानहरु सचेत बन्दै अरुलाई सचेत रहन अनुरोध गर्दै उनको स्टाट्सहरु शेयर गर्न थाले ।

शक्तिशाली भूकम्पको प्रभाव राजधानीमात्र नभई मुलुकभर नै परेको पहिलो कम्पन पश्चात उनले सञ्चारमाध्यममा आएका समाचारबाट थाहा पाईन् । आफ्नो जन्मथलो गोरखा केन्द्रबिन्दु भएको भन्ने थाहा पाउँदा उनको मन पनि छियाँछियाँ भयो । उनले आफ्नो गाउँ सम्झिइन् ।

आँखाभरि आँशु लिएर उनले गोरखामा भएका आमाबुवा, दाजुभाई, दिदीबहिनीलाई सम्झिरहिन् । भूकम्पपश्चात सबै क्षेत्र सम्पर्कविहीन  बने । त्यसपछि त उनको मनमा झन् त्रास उत्पन्न पैदा भयो ।

munaआफन्तसँग सम्पर्क विहीन  भएर बस्दाकाे पिडा एकातिर छँदै थियो । त्यससँगै राजधानीकै मुटु धरहरा ढल्दा उनको मन निकै समय हताहत हुन पुग्यो । यसरी विनाशकारी भूकम्पका कारण मुलुकमा ठूलो मात्रामा जनधनको क्षति भयो । हजारौंको निधन भयो त कयौं घाइते भए ।

आज एक हप्ता बितिसक्दा पनि गायिका मुना सचेतना र सहयोगका लागि निकै तल्लीन छिन् । उनको फेसबुकका भत्ताहरु सबै भूकम्पले निम्त्याएको दर्दानाक फोटो तथा सूचनाले  भरिएका छन् ।

मुना भन्छिन्- ‘तेरो मेरो नभनी आफ्नो ठाउँबाट उद्दार तथा राहत कार्यक्रममा सहयोग गर्नुहोस् । बिपतका बेला सबै जना एक जुट हौं, प्राकृतिक बिपतको डटेर सामना गरौं ।’***

भिडियाे :

तपाईको प्रतिक्रिया