काठमाडौं– संखरापुर नगरपालिका ११ साँखुको शाल्खा टोलमा भूकम्पले क्षति पुगेको घरभित्र समान लिन जाने क्रममा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको छ ।
४५ वर्षीया माया विष्ट भूकम्पले क्षति पुगेको आफ्नो घरभित्र सामान निकाल्न गएकी थिइन् । त्यहीबेला घर भत्किएर पुरिएकी उनलाई सशस्त्र प्रहरीको उद्दार टोलीले निकालेको हो ।
सशस्त्र प्रहरीको टोलीले झण्डै ४५ मिनेटमा उद्दार गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए । उनको गोडा र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
विष्टको मलेसियन स्वास्थ्य शिविरमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।