Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य डा. ऋषिराज बरालले पार्टी परित्याग गरेका छन् ।

मे दिवस २०१५ को सन्दर्भ पारेर डा. बरालले पार्टीको साधारण सदस्य पनि नरहेको गरी परित्याग गरेका छन् । उनले बैद्य माओवादीसित पार्टीको सातौं महाधिवेशनदेखि नै फरक मत रहेको र पछिल्लो चरणसम्म आइपुग्दा पार्टी वैचारिक रूपबाट नवसारसंग्रहवाद र संगठनात्मक दृष्टिले विसर्जनवादमा फसेको आरोप लगाएका छन् ।

डा. बरालले ‘नेपाली क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्ड समूहलाई क्रान्तिकारी शक्ति भन्दै पार्टीएकताका नाममा आत्मसपर्पण गर्न लागेको’ आरोप पनि लगाएका छन् । वैद्य माओवादीले क्रन्तिप्रतिको धोका दिएकाले आफू त्यहाँ रहिरहनुको कुनै अर्थ नभएकोले आफूले सम्बन्ध विच्छेद गरेको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया