Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – महाभूकम्पको पिडाबाट भावबिह्वल बनेका हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले देश रोइरहेको बेला आफुहरु हाँस्न नसक्ने बताएका छन् ।

dhurmusत्यस्तै सोही टोलीमा समाबेश चर्चित गायकगायिका प्रमोद खरेल, पशुपति शर्मा, संगीत थापा मगरले पनि यस्तो विनाशकारी विप्पतका बेला आफुहरु अमेरिकामा खुशी हुन नसक्ने बताए । गायक पशुपति भने,‘नेपाल आमा रोइरहेकी छिन्, आमाको रुवाबासीमा सन्तान कहिल्यै खुशी हुन सक्दैन । त्यसैले नाच्ने गाउने कार्यक्रम रद्द गरेका हौं ।’

उनीहरु केही साताअघि मात्र अमेरिकाका विभिन्न शहरमा हास्य व्यङ्गत्माक एवं सांगीतिक कार्यक्रम लिएर त्यसतर्फ प्रस्थान गरेका थिए । तर उनीहरु मनभरी पिडा बाेकेर नेपाल फर्कनका लागि तयारी गरिरहेका छन् । लाेक गायिका संगिताले भनिन् ‘हामी अाज नेपाल फर्कदै छाैं, नेपाल फर्के लगतै हामी उद्दार तथा राहत कार्यक्रममा जुट्ने छौं ।’

त्यस्तै हास्य कलाकार तथा नेपाल सरकारको सरसफाई दुत सितारामले भावुक मुद्रामा भने :
भोकै प्यासै देख्छु सवै गाह्रो भयो बाँच्न !
देशै रोएको वेलामा सक्दिन म हाँस्न !!

यसैबिच हास्य कलाकार सिताराम र उनकी श्रीमती कुन्जनाले अमेरिकामा कार्यक्रमबाट उठेको रकम एवं नेपाल सरकारको सरसफाई दूतका रुपमा उठेको १६ लाख ५० हजार रुपैयाँ भूकम्प पिडितलाई राहत स्वरुप उपलव्ध गराउने भएका छन । जोडीले भन्यो, ‘देशमा ठूलो पिडा छाएको छ । अझै कति वेपत्ता छन्, कति अङ्गभङ्ग भएका छन्, कतिका परिवार हराएका छन् यस्तो बेलामा सहयोग स्वरुप यो रकम दिने निर्णय दिएका हौं ।’

साे टाेलीले यस दुःखद घडीमा भूकम्प पिडितहरुलाई सक्दो सहयोग गर्न आफ्ना दर्शक एवं शुभ चिन्तकलाई पनि आव्हान गरेकाे छ ।***

तपाईको प्रतिक्रिया